चाडै एशियामा नेपालको अर्थतन्त्र सुधारिने सञ्चारमन्त्री कार्कीको भनाई

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १२:०१

मकवानपुर । सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चाडै एशियामा नेपालको अर्थतन्त्र सुधारिने बताउनुभयो ।

हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नुहुदै सञ्चारमन्त्री कार्कीले नेपालले बिद्युत निर्यात गरेर राम्रो आर्थिक मुनाफा गर्न सकिने उहाँको भनाई छ ।

सञ्चारमन्त्री कार्कीले सरकारले संविधानले ब्यबस्था गरेको हकहितको पालना गराउन तयार रहेको बताउनुभयो । उहाँले पत्रकारहरुलाई एसियाकै सबैभन्दा राम्रो थलो बनाउन सरकार लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारहरुको हकहितका लागि सरकार प्रतिबद्ध भएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वर्धन गर्न सरकार सँधै तयार रहेको बताउनुभयो । विपि कोइरालालाई सबै नेपालीले सम्मान गर्न र सम्झन आग्रह गर्नुभयो ।
फरक प्रसङ्गमा, उहाँले नेपालको अर्थ ब्यबस्थामा सङ्कट रहे पनि श्रीलङ्काको जस्तो नभएको उहाको दावी छ । उहाँले अब हुने संघिय र प्रदेशको निर्वाचनपछि देशले बिकासमा धेरै फड्को मार्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*