प्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडामा

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १२:००

मकवानपुर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार हेटौंडा आउनुभएको छ ।
दुई दिनसम्म हेटौंडामा सञ्चालन हुने महाधिवेशनको उद्घाटन गर्न हेटौडामा आउनुभएको हो । उहाँले केही समय अगाडि कार्यक्रमको उद्घाटन गरीसक्नुभएको छ भने अहिले उद्घाटनको कार्यक्रम जारी छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुईहजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको स्थानीय आयोजक नेपाल प्रेस युनियन मकवानपुर शाखाले जनाएको छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका महामन्त्री गगन थापा, सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरु हेटौँडामा रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*