हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार १६:२०

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह कलवार र धनुषा महेन्द्रनगर–२ घर भई हाल हेटौंडा–४ स्थित बाईपास रोडमा मुन्ना साईकल स्टोरका संचालक ३७ वर्षीय मुन्ना भन्ने अमन प्रसाद जैसवाल रहेका छन् ।

आइतबार पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नम्वरको सुमोको सिटमुनी सेतो बोराभित्र लुकाईछुपाई ल्याएको अवस्थामा नाईट्राभेट १५०० ट्यावलेट र विनसिरेक्स २४० बोतल बरामद भएपछि निजहरुलाई पत्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*