हेटौंडाका अमुगाई मृत अवस्थामा फेला

बकैया दर्पण संवाददाता
२५ असार २०७९, शनिबार १४:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित एक घरको कोठामा अन्दाजी ३५ बर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन् । राति सुतेकै ठाउँमा युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत अवस्थामा भेटिएका युवक हेटौंडा- २ घर भएका समाज अमुगाई रहेको जनाइएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*