मकवानपुरमा बलात्कार पीडित विद्यार्थीद्वारा जाहेरी

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १४:४३

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्राले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने क्रममा होटलमा सुतेको समयमा बलात्कार पीडित भएको भन्दै प्रहरीमा शुक्रबार उजुरी दर्ता गराएकि छिन् । पीडित छात्राले किटानी जाहेरी दिएपनि प्रहरीले भने नाम सार्वजनिक गर्न आनकानी गरेको छ । आरोपित ब्यक्ति जनप्रतिनिधि भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जाहेरी प्राप्त भएपनि अनुसन्धानको क्रममा रहेकोले नाम खुलाउन नमिल्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*