मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,२१ जना घाईते

बकैया दर्पण संवाददाता
२० असार २०७९, सोमबार १०:२४

मकवानपुर । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी १६ वर्षीया सलिना राई रहेकी छन् । दुर्घटनामा ६ जना गम्भीर घाईते भएको उनिहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ । बागमती गाउँपालिका–९ बेतिनीबाट सिन्धुलीतर्फ जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*