स्रोत नखुलेको १० लाखसहित मकवानपुरका दुई जना पक्राउ

बकैया दर्पण संवाददाता
१७ असार २०७९, शुक्रबार १०:१९

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाँपालिका ९ की कल्पना घलान र कैलाश गाउँपालिका १ बस्ने ५३ वर्षीय सानुकान्छा योन्जन रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ९८ हजार ९ सय भारतिय रुपैयाँ र ७ लाख १७ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

मनहरी–९ खराङगस्थित कल्पनाको घरमा जाँचका क्रममा कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्वरको मोटरसाईकलको सिटमुनी लुकाईछिपाई राखेको उक्त रकम बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सानुकान्छा लागुऔषध मुद्धाका फरार प्रतिबादी समेत हुन् । उनलाई प्रहरीले २०७७ फागुन २३ गतेदेखि लागुऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम सहित पक्राउ गरेको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*