काठमाडौंको मेयरमा तीन जना कलाकारको उम्मेदवार दर्ता गर्दै

बकैया दर्पण संवाददाता
१० बैशाख २०७९, शनिबार १०:४०

मकवानपुर । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् ।

आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्न लागेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको मेयरका लागि बरिष्ठ कलाकार श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस्तै, मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफ्नो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन् ।

बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*