बकैयाले दियो माझी समुदायको लदी पर्वमा सार्वजनिक विदा
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले माझी समुदायको मुख्य पर्व कोशी पूजा (लदी पर्व) को अवसरमा सार्वजनिक विदा दिएको छ । आइतबार एक सुचना जारी गर्नुहुँदै बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सार्वजनिक विदाबारे जानकारी गराउनुभएको हो ।

माझी समुदायको मुख्य लदी पर्वको उपलक्ष्यमा मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।
बकैया गाउँकार्यपालिकाको माघ १३ गतेको बैठकले लदि पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बकैयामा माझी समुदायको पनि उल्लेख्य बसोबास छ भने लदि पर्वमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेर मनाउँदै आएका छन् ।
