११ किलो गाँजासहित हेटौंडाबाट १ जना पक्राउ

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०८१, बिहीबार १५:०३

बकैया दर्पण : मकवानपुर प्रहरीले हेटौंडाबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी-३ स्थित हाडीखोलाका ४४ वर्षीय दीपक ओझा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान १०:३० बजेको समयमा प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीले हेटौंडा-३, बसामाडीस्थित पुर्व-पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकेर चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुबाहक बसमा सवार ओझालाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

ओझालाई शंका लागेर रितपुर्वक खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा गाँजा ११ किलो ४ सय २० ग्राम फेला परेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध बरामद गरी ओझालाई लागुऔषध मुद्धा कसुरमा म्याद थपको लागि आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*