सातौं बागमती गोल्डकप: आज आर्मी र चर्च व्वाइज भिड्दै
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्नेछन् ।
दुई टिमबीचको खेल दिउँसो सुरु हुनेछ । विजय टिमले एपीएफ र संकटा क्लबसँग सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताका अवलोकन गर्न मैदान प्रवेशका लागि ५० रुपैयाँ मात्र टिकट तोकिएको छ ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
