मुख्यमन्त्री लामा स्वदेश फिर्ता

बकैया दर्पण संवाददाता
३ फाल्गुन २०८१, शनिबार ०७:३५

बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा स्वदेश फिर्ता भएका छन् । ३ दिने औपचारिक दुवई भ्रमण सकेर मुख्यमन्त्री लामामा शुक्रबार साँझ स्वदेश फिर्ता भएका हुन् ।

प्रदेशका कृषी तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक दिएर स्वकीय सचिव छत्र लामासहित मुख्यमन्त्री लामा वर्ल्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन गत माघ २९ गते दुवई पुगेका थिए ।

उनले सो समिटमा सार्पिङ फ्युचर गभर्मेन्ट अन्तर्गतको इफेक्टिभ गभर्नेन्स एण्ड क्राइसिस रेसिलेन्सी सत्रमा सहभागी भएका थिए । उक्त सत्रमा मुख्यमन्त्री लामाले नेपालमा जलवायु परिवर्तन र त्यसको प्रभाव, विपद जोखिम र नेपालका प्रयासबारे धारणा राखेका थिए ।

उनले आफ्नो दुवई भ्रमण उपलब्धि मुलक रुपमा सफल भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*