जनयुद्ध दिवसको अवसरमा बागमतीले दियो सार्वजनिक विदा

बकैया दर्पण संवाददाता
३० माघ २०८१, बुधबार १९:१९

बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको हो ।

बिहिवार बसेको गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको अध्यक्ष घलानले बताउनुभयो । बिहिवार गाउँ कार्यपालिकाको कार्यालय मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेकका सबै सरकारी कार्यालयहरु, शैक्षिक संस्था, विभिन्न संघ-संस्थाहरु बन्द हुनेछन् । सूचनामा भनिएको छ `एकात्मक केन्द्रिकृत राज्य संरचनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडिएका वर्ग, क्षेत्र, अल्पसंख्यक आम नागरिकको हक अधिकार सुनिश्चित गर्न, गराउन एवं नागरिकले संविधान सभा मार्फत आफ्नो संविधान आफै निर्माण गर्न पाउनु पर्ने विश्वव्यापी उन्नत लोकतान्त्रिक प्रणालीको अभ्यास गराउन वर्तमान शासन प्रणालीको प्रमुख आधार जनयुद्द जुन मिति २०५२ साल फाल्गुण १ गतेबाट प्रारम्भ भयो, जहाँ हजारौ नेपाली नागरिक बीर बीरंगनाहरुले परिवर्तनका खातिर आफ्नो जीउज्यानको प्राणोत्सर्ग गराउनुभयो र बीर सहिदहरु कहलिनु भयो, कतिपय नागरिकहरु यही परिवर्तनको लागि आजको दिनसम्म पनि वेपत्ता हुनुहुन्छ, घाइते हुनु भएको छ, उहाँहरुकै त्याग, बलिदानीको सम्मान एवं सम्झना स्वरुप र सहिद, वेपत्ता तथा घइते हुनु भएका परिवारजनहरुप्रति उच्च सम्मान प्रकट गर्न सार्वजनिक विदा दिएको छ ।´

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*