छत्रेश्वर मन्दिरको पुनर्निर्माण पछि गणेश बहादुर ठाडा द्वारा मन्दिरको उद्घाटन

बकैया दर्पण संवाददाता
२७ माघ २०८१, आईतवार २१:३०

बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ४ स्थित छतिवनमा निर्मित छत्रेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ ।आइतबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरका प्रहरी महानिरीक्षक गणेश बहादुर ठाडाले मन्दिरको उद्घाटन गर्नुभएको हो ।

पुनर्निर्माण पश्चात मन्दिरको उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) का टोलीले मन्दिर पुननिर्माणमा सहयोग गरेका थिए । मन्दिर निर्माण समितिका अध्यक्ष नारायण बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री वडा नं ४ का का. बा अध्यक्ष बिजय भोलन र  सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेल लगायतको आतिथ्यता रहेको थियो ।
,,,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*