हरिहरपुगढीस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

बकैया दर्पण संवाददाता
२७ माघ २०८१, आईतवार ०९:५६

बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ वडा नम्बर २ र ३ बीच प्रतिस्पर्धा हुने पालिका खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई(हिमाल)ले बताउनुभयो ।

वडा नम्बर २ स्थित चैनपुर मैदानमा हुने उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फका टिम सहभागी छन् । प्रतियोगितामा गाउँपालिकाभित्रका ८ वटा वडाको महिला र पुरुष दुवैतर्फको टिम सहभागी हुने भएको हो ।

पुरुषतर्फको विजेता टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*