कैलाशस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी फाल्गुन १४ गतेबाट सुरु हुने

बकैया दर्पण संवाददाता
२४ माघ २०८१, बिहीबार १८:१९

बकैया दर्पण : तेस्रो संस्करणको कैलाश गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी फाल्गुन १४ गतेबाट सुरु हुने भएको छ । बिहीवार एक सुरु जारी गर्दै कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले प्रतियोगिताबारे जानकारी गराउनुभएको हो ।

प्रतियोगिता कैलाश-९ स्थित नामटार खेल मैदानमा संचालन हुने भएको छ । प्रतियोगितामा सहभागी जनाउन फाल्गुन ९ गतेसम्ममा टिम दर्ता गर्नुपर्ने र खेल तालिका ११ गते सार्वजनिक हुने भएको छ । प्रतियोगिता ९ ए साइडमा संचालन हुनेछ । फाल्गुन १७ गते समापन हुने प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*