हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

बकैया दर्पण संवाददाता
१३ माघ २०८१, आईतवार १२:४६

मकवानपुर : मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ ।

हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन वयवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको हो । पहिला हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको वनविज्ञान प्रतिष्ठानकोको जंगलमा यौन सम्पर्क गराउने युवतीहरू अहिले होटलमा केन्द्रित भएका छन् ।

ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीय ललिता रिजालले बताएका छन्।

जंगलमा असुरक्षा र प्रहरीको तारो बन्ने डरले उनीहरूको रोजाइमा होटल तथा लज परेको स्वयं उनीहरू बताउँछन् । हेटौँडाका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् तर, हाल आएर मकवानपुर जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय ललिता रिजालले बताएका छन्।

पछिल्लो समय एक समस्याका रूपमा यौन व्यवसाय देखापरेको स्थानीय ललिता रिजाल बताउँछन् । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्छन् । होटल तथा लज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गर्छन् । कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गर्छन् । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् । यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई धेरै मुनाफा हुन्छ ।

स्मार्ट सिटीको रूपमा अगाडि बढिरहेको हेटौँडामा यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले यसतर्फ प्रशासनले चासो देखाउनुपर्ने बताएका छन् ।

होटल एशोसिएसन, मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आपूले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*