सहमति नभएपछी पशुपति वन समुहको नयाँ समिति गठन हुन सकेन, मतदान प्रक्रियामा जाने
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको नयाँ समिति गठनमा कठिनाई भएको छ। १४ औँ साधारण सभा अन्तर्गत आज सोमबार नयाँ समिति गठनका लागि सहमति हुन नसकेको हो ।
समितिको अध्यक्ष पदका लागि ७ जनाको उम्मेद्बारी परेका थिए । अस्ति आइतबार समय अभाव भएसँगै आज सोमबार बिहान ११ बजेको सम्मको लागि स्थगित भएको थियो । तर सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने भएको हो ।
निर्वाचनका लागि बकैया-७ का वडा अध्यक्ष मान बहादुर स्याङ्तनको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । समितिको सदस्यहरुमा वन अधिकृत पुर्ण प्रसाद पोखरेल र इन्द्र बहादुर थापा रहेका छन् ।
निर्वाचन तालिका अनुसार भोलि मंगलबार १ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । मंगलबार नै दिउँसो ४ बजेसम्म मनोनयन फिर्ताको समय तोकिएको छ ।