बकैयामा फास्ट ट्रायक बजिकै बस दुर्घटना हुँदा २२ जना घाइते

बकैया दर्पण संवाददाता
२० मंसिर २०८१, बिहीबार ०९:३६

बकैया दर्पन : हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन ।

हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा घाइते हुनुभएका २२ जना मध्ये १७ जना डिस्चार्ज भएका छन भने पाँच जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरुको अवस्था पनि सामान्य रहेको छ ।

उनका अनुसार बस दुर्घटनामा हेटौँडा–३ सरस्वती टोल बस्ने २५ बर्षिय सिर्जना तामाङ, ३६ बर्षिय लक्ष्मी तामाङ, १८ बर्षिय दिकेश तामाङ, ३१ बर्षिय धन बहादुर तामाङ, २८ बर्षिय माया तामाङ, १७ बर्षिय दिप तामाङ, २८ बर्षिय शंखर तामाङ, २५ बर्षिय राजिन तामाङ, २३ बर्षिय सुष्मा तामाङ, ५ बर्षिय दिप्सी तामाङ, ११ बर्षिय सुहाना तामाङ, ४४ बर्षिय रिता पाख्रीन, हेटौँडा–३ बसामाडी बस्ने १९ बर्षिय समिक्षा तामाङ, ४१ बर्षिय जित बहादुर तामाङ, ५५ बर्षिय राम बहादुर तामाङ, ७२ बर्षिय मंगली माया घाइते भएका हुन ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका–११ एक्लेखेत बस्ने ३१ बर्षिय सुना तामाङ, १३ बर्षिय रुपिया तामाङ, हेटौँडा–३ बसामाडी बस्ने ३० बर्षिय मनोज तामाङ, भिमफेदी गाउँपालिका–५ सुपिङ बस्ने सम्झना रुम्बा, हेटौँडा–१२ हात्तिगौडा बस्ने ४४ बर्षिय सानुमाया मोक्तान, १७ बर्षिय अमिषा मोक्तान घाइते भएका छन ।

घाइतेहरुको शरिरको विभिन्न भागमा चोट लागेको छ । स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरुको उद्दारगरी उपचारको लागी सहकारी अस्पताल हेटौँडामा ल्याइएको थियो । बसमा ३७ जना यात्रु सवार रहेका थिए । बस चालक हेटौँडा–१२ पदमपोखरी बस्ने ४५ बर्षिय टिकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*