निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउँछ : प्रेम बहादुर भोलन

बकैया दर्पण संवाददाता
९ मंसिर २०८१, आईतवार २२:१४

दीक्षान्स खड्का, मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका हेटौंडा-१२ वडा अध्यक्ष पद का उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताउनुभएको छ

आइतवार हेटौंडा-१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्बार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताउनुभएको हो ।राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि हेटौंडा-१२ को जनताहरुको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताउनुभयो ।

निर्वाचित भएपश्चात् हेटौंडा-१२ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका १९ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*