दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
बकैया दर्पण : काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री
प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । लाइसेन्स साथमा नभएका झाँक्रीले घरमा रहेको दाबी गरेका छन् । भने प्रहरीले घरबाट लाइसेन्स मगाएको छ ।
प्रहरीले भने ‘उनीसँग लाइसेन्स छ/छैन भन्ने यकिन हुन बाँकी नै छ । हामी अनुसन्धान गर्दैछौं’,।
