‘दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक’ -सागर थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष सागर थापाले वर्तमान अवस्थामा दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक भएको बताएका छन् ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघद्वारा आयोजित दुर्घटना जगेडा कोष स्थापना एवम् दुर्घटना न्यूनिकरण प्रशिक्षण मजदुर भेलालाई सम्बोधन गर्दै उनले दुर्घटना जगेडा कोष र दुर्घटना न्यूनीकरण प्रशिक्षण आवश्यक परेको अवस्थामा सुरु गर्न लागेको भन्दै संघलाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘दुर्घटना जगेडा कोष स्थापना एवम् दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण पनि दिन लाग्नु भएको रहेछ । यसको लागि म सबैलाई धन्यवाद दिन चहान्छु । यो प्रशिक्षण एकदमै आवश्यक थियो ।’
यसको साथै, उनले यातायता चालकहरुलाई सवारी साधन चलाउने बेला मादक पदार्थको सेवन नगर्न अनुरोध पनि गरेका छन् । यस्तै, देशको वर्तमान अवस्था सुधारको लागि अब राप्रपाले हरेक समाज परिवर्तन गर्ने र हरेक श्रमिकहरुको हकको रक्षा गर्ने पनि उनको भनाई छ ।