मकवानपुरबाट लागूऔषध र चोरीमा संलग्न नौ जना पक्राउ, निरन्तरको चोरी नियन्त्रण गर्ने प्रहरीको प्रयास

बकैया दर्पण संवाददाता
९ कार्तिक २०८१, शुक्रबार ०५:३९

बकैया दर्पण : मकवानपुरबाट लागूऔषध र चोरीमा संलग्न नौ जना पक्राउ परेका छन् । प्रहरीले मकवानपुरका ठाउँ ठाउँमा भइरहेको निरन्तरको चोरी नियन्त्रण गर्ने प्रहरीले प्रयास गरेको छ ।

हेटौडा मकवानपुर प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गांजा सहित १ जना पक्राउ गरेको छ। हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नंबरको योद्धा पिकअप गाडी र गाडी भित्र रहेका वडा नंबर– ३ बसामाडी बस्ने २४ वर्षिय पन्चलाल थिङलाई गाँजा सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।

यसैगरी हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारहरु सहित ३ जना व्यक्तीहरु पक्राउ गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोप्य देखी क्रसर सम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तारहरु काटि चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।

चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ लगायत अन्य ५–७ जना व्यक्तीहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै प्लटिङ गरेको जग्गमा ल्याई तारहरु छिलि हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साह लाई बिक्री गरेको भनि खुल्न आएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यसैगरी हेटौडा –८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त चोरीको सामान सहितहेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय को समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको प्रहरीले् आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

यसैगरी हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भई रेहको प्रहरीले जनएको छ। यसैगरी हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नंबरको यामाहा कम्पनीको मोटरसाइकल पार्कीङ गरी राखेको अवस्थामा चोरी भएकोमा खोजतलास गर्ने क्रममा पशुपतिनगरबाट उक्त चोरीको मोटरसाइकल सहित चोरी गर्ने हेटौंडा–८ बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाही भई रहेको छ।

यसैगरी मकवानपुरको मकवानपुरगढि गाउँपालिका वडा नम्बर–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा फेला पारी उल्लेखित समान सहित निजहरु राजेश्वर चौधरी र राहुल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*