बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त

बकैया दर्पण संवाददाता
२७ भाद्र २०८१, बिहीबार ०६:४१

बकैया दर्पण : बामगती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

सिन्धुपाल्चोक हेलम्बुका नेपाल खानेपानी सरसफाई तथा जलवायू परिवर्तनका विज्ञ हुन् । उनी हाल विभिन्न संघ संस्था र सरकारलाई विज्ञ परामर्श दाताको रुपमा सेवा प्रदान गर्दै आएका छन् ।

जर्मन र नेपालबाट मास्टर्स तथा खानेपानी तथा जलवायू सम्बन्धमा पिएचडी गरेका नेपालले २१ वर्ष नेपाल सरकारको कर्मचारीको रुपमा काम गरेका छन् । जागिरे जीवनको ११ वर्ष अवधी बाँकी रहदाँ नेपालले पदबाट राजिनामा गरेर विभिन्न दातृ संस्थाको कार्यक्रमको संयोजकको रुपमा काम गरेको अनुभव रहेको छ । डब्लुएचओ, युएसएआइडी द्वारा संचालित विभिन्न कार्यक्रमको जिम्मेवारीमा रहेका काम गरेका उनले मेलम्चीमा विपद् व्यवस्थापनका विषयको कार्यक्रममा समेत नेतृत्व गरेका छन् ।

मन्त्रिपरिषद बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौंका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त भएका छन् । आयोगमा अझे २ सदस्य रिक्र रहेको छ । आयाृेगमा एक महिला समित २ सदस्य नियुक्त हुन सकेका छैनन् । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले छिट्टै नै रिक्त २ सदस्यको नियुक्तका विषयमा पनि सरकारले निर्णय गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*