राप्रपाको बकैया गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
८ असार २०८१, शुक्रबार १५:४९

बकैया दर्पण : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बकैया गाउँपालिका कार्यसमितिको
आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मकवानपुरको बकैया गाउँपालिकामा सम्पन्न भएको छ।

मकवानपुर क्षेत्र नम्बर १ का विजय सांसद एवं पुर्वाधार विकास समितिका सबपती दिपक बहादुर सिंहको प्रमुख अतिथितामा कार्यक्रम भएको थियो

गाउँपालिका पदाधिकारी सहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको अयोजना गरिएको राप्रपा बकैया गाउँपालिका कार्यसमितिले जनाएको छ।

प्रशिक्षणमा राप्रपा बकैया गाउँपालिका सदस्य २३० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामबहादुर ठोक्कर, राम हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापा ,राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ र राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका वरिष्ठ नेताहरु उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*