न्युरोडमा सडक डिभिजन र महानगर प्रहरीबीच विवाद

बकैया दर्पण संवाददाता
२१ जेष्ठ २०८१, सोमबार १४:४८

बकैया दर्पण : न्युरोडमा फुटपाथको विषयलाई लिएर सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं महानगरप्रहरीबीच विवाद भएको छ। सडक डिभिजन कार्यालयले सडक पिच गरिरहेको बेला महानगरपालिका प्रमुख बालेन साह पक्षले रोक्न खोजेपछि विवाद भएकाे हाे।

उनीहरूले त्यहाँ नाराबाजी नै गरेका छन्। काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेको थियो। तर,संघीय सरकारको मातहत उक्त सडक महानगरले अनुमतिबिना भत्काएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले रोकेको थियो।

सडक डिभिजन कार्यालय काठमाडौंले पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भनेको थियो। तर महानगरपालिकाले सडक नबनाएपछि आज कार्यालयले कालोपत्र गर्न थालेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*