संसदीय दलमा प्रचण्डको ब्रिफिङ : माधवजी सोधेरै बूढानीलकण्ठ जानुभएको हो

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८१, शुक्रबार १५:०९

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सल्लाहमै बूढानीलकण्ठ बैठकमा गएको बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकमा यस्तो ब्रिफिङ गरेका हुन्।

बैठकमा सांसदहरूले सत्तारुढ घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए। उनी बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी नेताहरूको बैठकमा पनि सहभागी भएका थिए।

‘कहीँ कुरा गर्न जाँदा कन्फ्युज नहोस् भनेर सल्लाह गरेर जाने गरिएको छ।  माधवजी पनि सोधेरै जानुभएको हो।’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने,  म आफैं बुढानीलकण्ठ गएको तपाईंहरूले देख्नुभएन ? त्यसैले  समीकरणमा केही हुँदैन । ढुक्क भएर अगाडि बढ्नुहोला ।’

बैठकमा बजेटका विषयमा १२ जना सांसदले धारणा राखेको पाण्डेले जानकारी दिए। समाजवादउन्मुख बजेट आएको भन्दै प्रधानमन्त्री प्रचण्डले सांसदहरूलाई बजेटको पक्षमा बोल्न निर्देशन पनि दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*