देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८१, आईतवार ०९:५६

बकैया दर्पण :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।

उनीहरूबीच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।

आज बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*