राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८१, आईतवार ०८:१५

बकैया दर्पण : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।

बैठकमा स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण अभियानबारे पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेश हुने कार्यपत्र र प्रतिवेदन समेत पारित गर्नेछ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भास्कर भद्रा र राजाराम बर्तौलाले सचिवालय र संगठन सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्। यस्तै कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेश गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*