सिरोहिया पक्राउको वरोधमा नाराबाजी गर्दै नेविसंघ

बकैया दर्पण संवाददाता
९ जेष्ठ २०८१, बुधबार १४:१२

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा लगिएको छ।

पक्राउको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य संघ पनि सहभागी भएको छ। राजनीतिक प्रतिशोध साधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद भएको छ।

सिरोहियाको समर्थनमा आएका उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी भएको छ।

नेविसंघ कार्यकर्ताहरूले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले रोक्दा घम्साघम्सी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

आजै सरकारी वकिलको सोधपुछ बहस हुने अदालती प्रक्रिया शुरु रहेको र त्यसपछि म्याद थप गर्ने वा के गर्ने सन्दर्भमा निचोड आउने धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*