संसद् भवनअगाडि नेविसंघको प्रदर्शन : एक दर्जन प्रदर्शनकारी पक्राउ

बकैया दर्पण संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १६:१७

बकैया दर्पण :  गृहमन्त्री कोराजीनामा माग्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ। प्रर्दशनको क्रममा करिब एक दर्जन प्रर्दशनकारी पक्राउ परेका छन्।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ।

कांग्रेसले वेल घेराउ गरेकै समयमा बिहीबारको बैठक सभामुख देवराज घिमिरेले जबरजस्त कार्यसूचीमा प्रवेश गराएपछि सांसदहरूबीच धकेलाधकेल सम्मको स्थिति भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*