कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

बकैया दर्पण संवाददाता
२१ चैत्र २०८०, बुधबार १६:५३

बकैया दर्पण। कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*