कर्णालीमा राजीनामा नदिने मुख्यमन्त्रीको अडान, भोलि विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
२० चैत्र २०८०, मंगलवार १९:०४

बकैया दर्पण । माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ ।

मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ ।

माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने र त्यसपछि केन्द्रमा सत्ता गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्न सकिने बताए ।

सत्ता गठबन्धनको शीर्ष नेताहरुबीच कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तर मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन मंगलबार प्रदेशसभाको बैठक बोलाइएको थियो ।

मंगलबार यस विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच दिनभरजसो छलफल भएको थियो । तर मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएपछि छलफल विना निष्कर्ष सकिएको थियो ।

त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बुधबार दिउँसो सार्नका लागि भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*