भारतको कर्नाटकमा मेशिन खस्दा बिहारका सात मजदुरको मृत्यु

बकैया दर्पण संवाददाता
१९ मंसिर २०८०, मंगलवार १९:३२

भारतको कर्नाटकस्थित एक अन्न भण्डारमा सोमबार साँझ दुर्घटना हुँदा कम्तीमा ७ मजदुरको ज्यान गएको छ।

यो दुर्घटनामा ज्यान गुमाउने सबै ७ जना मजदुर बिहारका हुन्। कर्नाटकको आलियाबादमा एक विशाल अन्न प्रशोधन मेसिनको एक भाग खस्दा उक्त दुर्घटना भएको हो।

करिब १०० टनको उक्त मेशिनको एक भाग खस्दा मजदुरहरू त्यसभित्र दबिएका थिए। दबिएका ती सबै मजदुरको घटनास्थलमै ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

विजयपुराका एसपी सोनवाने ऋषिकेश भगवानले समाचार एजेन्सी पीटीआईलाई बताए अनुसार यस घटनामा तीनजना घाइते भएका छन्।

उक्त अन्न भण्डाभित्र दबिएकामध्ये एकजनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*