काठमाडौंमा आज युवा संघ र प्रसाइंँको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

बकैया दर्पण संवाददाता
७ मंसिर २०८०, बिहीबार १०:२१

मकवानपुर। काठमाडौंमा आज दुर्गा प्रसाइंँ समुह र नेकपा एकालेको भातृ संगठन युवा संघले अलग अलग प्रदर्शन गर्दैछन् । प्रसाईको समुहले बल्ख्ुमा प्रदर्शन गर्नेछ भने युवा संघको प्रदर्शन तिनकुनेमा हुनेछ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफुहरुले राजधानी केन्द्रीत आन्दोलन गर्न लागेको बताउनु भएको छ ।

उता युवा संघले भने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध अराजक गतिविधि बढेपछि जवाफी प्रदर्शन गर्न लागेको बताएको छ ।

यसैबिच, राजधानीमा दुई समुहले एक अर्कालाई लक्षित गर्दै प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरिने जनाएको छ ।

परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*