टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

बकैया दर्पण संवाददाता
२९ कार्तिक २०८०, बुधबार १९:२९


मकवानपुर  । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताएको छ ।

क्यानले आज एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुने बताएका हुन् ।

सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

“नेपालमा उपलब्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*