मकवानपुरमा भीरबाट लड्दा एकको मृत्यु

बकैया दर्पण संवाददाता
१२ कार्तिक २०८०, आईतवार १८:३६

बकैया । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो भिमफेदी ३ बेसारघारी बस्ने ७० वर्षीय गणेश बहादुरस्याङतानको भिरबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार स्याङ्तान घरदेखि डेढ कि.मि पश्चिमतर्फ रहेको भिरमा घास काट्न जादाँ लडेर मृत्यु भएको हो।
अहिले उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*