प्रधानमन्त्रीबाट कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

बकैया दर्पण संवाददाता
१ कार्तिक २०८०, बुधबार १४:११

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाका, मुक्तिनाथ र कागबेनीको निरीक्षण गर्नुभएको छ । आज बिहान मुस्ताङको जोमसोम पुग्नु भएका प्रधानमन्त्री दाहालले साउन २८ गते मुस्ताङमा बाढीले पु¥याएको क्षतिकोबारेमा पनि अवलोकन गर्नुभएको छ ।

उहाँले मुस्ताङमा रहँदा कागबेनीका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।

त्यसै गरी राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँगपनि उहाँले अन्तरक्रिया गर्नुहुने छ । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । तर, पछिल्लो समय मुस्ताङमा वर्षा पनि धेरै हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*