इजरायलमा रहेका नेपालीलाई लिन नेपाल वायु सेवा निगमको जहाज जाने

बकैया दर्पण संवाददाता
२४ आश्विन २०८०, बुधबार १४:०१

मकवानपुर । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
सरकारले निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पठाउन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

इजरायलमा मृत्यु भएका नेपाली १० जनाको शव ल्याउन र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले यस अघि नै निर्णय गरेको थियो । उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भएको थियो । इजरायलमा रहेका नेपालीकोबारे परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्रीसँग टेलिफोन कुराकानी समेत गर्नुभएको थियो ।

इजरायल र प्योस्टाइनी आतंकवादी संगठन हमासबीच लडाइ अझै जारी छ । गत शनिवार हमासका लडाकुले एक्कासी इजरायलमाथि आक्रमण गरेका थिए ।

हमासले आक्रमण गर्दा इजरायलतर्फ १० नेपालीसहित १२ सय जनाको मृत्यु भएको छ । त्यसैगरी इजरायलले जवाफी आक्रमण गरेरपछि ९ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*