सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल

बकैया दर्पण संवाददाता
२३ आश्विन २०८०, मंगलवार १२:०९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ ।

सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथाशिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनुभयो ।

उहाँले सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्ने कुरा आफूहरुले राखेको बताउनुभयो । उहाँले बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न पनि आग्रह गरेको बताउनुभयो ।

बैठकपछि नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको र राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको हमलामा पीडामा र डरमा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न आग्र गरिएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले असुरक्षित ठाउँमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा राख्न सरकारले पहल गर्ने तथा मृत्यु भएकाको शव देशमा चाँडा झिकाउने बारेमा छलफल भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*