माओवादी लक्षित ओलीको टिप्पणी–सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

बकैया दर्पण संवाददाता
१९ आश्विन २०८०, शुक्रबार ११:०९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफूले बुधबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भति पोलिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको विरोध गर्न गिरीबन्धु टि स्टेट भनेपनि गिरीबन्धु टि स्टेटको छानबिन गर्न चुनौति दिनुभयो । उहाँले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उहाँले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरेपनि आफैँ परेपछि घटना सेलाएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*