प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न गठबन्धनका नेताहरुलाई अध्यक्ष नेपालको आग्रह

बकैया दर्पण संवाददाता
१७ आश्विन २०८०, बुधबार १४:२६

मकवानपुर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गर्नु भएको छ ।

जनकपुरधाममा बुधबार बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर बस्ने नभई यही सरकारलाई सघाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको उहाँको भनाई थियो । जनमुखि काम गर्नकोलागि सहयोगसँगै गठबन्धनले दबाव दिनुपर्ने पनि उहाँले बताउनुभयो । अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने भन्दै नेपालले को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने समय नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन, यहि सरकारलाई सक्दो सहयोग गर्ने भन्दै सरकारलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत यहि सरकारलाई अघि बढाउने पक्षमा रहेकाले यो सरकारको खुट्टा तान्न नहुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*