कांग्रेसले आज विद्यालय शिक्षा विधेयकबारे छलफल गर्दै

बकैया दर्पण संवाददाता
९ आश्विन २०८०, मंगलवार १०:२६

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सांसद, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्न लागेको हो । सो विधेयकलाई लिएर शिक्षकहअरु आन्दोलनमा उत्रिएका थिए ।

यही असोज ५ गते सरकार र आन्दोलनमा उत्रिएको शिक्षक महासंघबीच विधेयकमा शिक्षकहरुले उठाएका कतिपय मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको थियो । तर राहत शिक्षकहरु भने सरकार र महासंघबीच भएको सहमतिमा आफूहरुका मुद्दा नसमेटिएका भन्दै आन्दोलनमै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*