देशभरको मौसम सुधार : पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने

संवाददाता
११ भाद्र २०८०, सोमबार ११:०४

मकवानपुर । देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

हिजो पनि काठमाण्डौमा घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।

तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।

दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*