भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएनन्

बकैया दर्पण संवाददाता
२४ चैत्र २०७९, शुक्रबार ०९:१५

मकवानपुर ।  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् ।

कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानलाई दिनुपर्ने  राहतमा समेत समस्या भएको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको पनि बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*