हेटौंडाका महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार ०९:१०

मकवानपुर ।    हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा पाँच दिने तालिक सुरु भएको हो ।

उक्त तालिमको उपमहानगरका कार्यबाहक नगर प्रमुख राजेश बानियाँले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । हेटौंडाको गैरसरकारी सस्था महासंघको हलमा संचालन भएको तालिमा १९ वटै वडामा निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेका छन् । तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक सोनालाल चौधरी, सहायक प्रशिक्षक अशोक कुमार कामतीले सहजिकरण गर्नेछन् ।

तालिममा भाषणकला, उद्घोषण कला, जनतालाई वडाबाट दिने सुबिधाक्रममा अवलम्बन गर्ने स्वभाब, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयनसहित व्यक्तित्व विकासका लागि आवश्यक विषयका बारेमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*