मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते

बकैया दर्पण संवाददाता
१६ चैत्र २०७९, बिहीबार ०९:०६

मकवानपुर ।  धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडे बजारस्थित गएराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्र.३–०२–०१० प.८८६१ नं.को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प.३८७५ नं.को माटरसाइकलले पछाडीबाट ठक्कर दिँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेमा प्र.३–०२–०१०प.८८६१ नं.को मोटरसाइकल चालक बकैया–३, हातिसुडे बस्ने २७ वर्षीय कृष्ण कार्की, सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–२ बस्ने २१ वर्षीया मुनिला वाईवा, ग.१४ प.३८७५ नं.को मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका–१९ बस्ने २१ वर्षीय प्रशान्त तामाङ, सोही मोसटरसाइकल पछाडी सवार बकैया–२, धियाल बस्ने १८ वर्षीया प्रमिला भोलन र १७ वर्षीया स्मृति स्याङतान रहेका छन् ।

घाइतेमध्ये कृष्ण कार्की र प्रमिला भोलनको हेटौंडास्थित चुरेहिल अस्पतालमा, प्रशान्त तामाङको हेटौंडा अस्पतालमा, मुनिला वाईवा र स्मृति स्याङतानको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*