मकवानपुरको साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे

बकैया दर्पण संवाददाता
१५ चैत्र २०७९, बुधबार ०९:४९

मकवानपुर ।   मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हेटाैंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटाैंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षीय दिलबहादुर स्याङ्तानलाई ठक्कर दिँदा उहाँको ज्यान गएको हो ।

आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएपछि डाक्टरले आज बिहान मृत घोषणा गरेका थिए ।  मोटरसाइकल चालक फरार रहे पनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*