उपचारका क्रममा हेटौंडामा भएको दुर्घटनाका घाइतेको मृत्यु

बकैया दर्पण संवाददाता
७ चैत्र २०७९, मंगलवार १२:५८

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रको छाला फ्याक्ट्रीबाट ओमनगर गेट तर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । ओमनगर जाँदै गरेको बा १२ च ९७८६ नम्बरको बोलेरोले स्थानीय अनिल श्रेष्ठलाई ठक्कर दिएकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घर अगाडी बस्ने उत्तम बहादुर श्रेष्ठको छोरा १४ वर्षिय अनिल श्रेष्ठ र उक्त घर अगाडी पार्कीङ गरी राखेको बा प्र ०३–००१ प ६२६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा बच्चाको हात, खुट्टा र टाउकोमा चोट लागेर गम्भिर भई थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाएकोमा डाक्टरले मृत्यु घोषणा गरेको हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*