हेटौंडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ०९:०७

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ति गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गाडीको ठक्करबाट पैदलयात्री हाल नामथर वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

मृतक महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*